कास्की २ मा राप्रपाबाट २२ जनाको नाम सिफारिश, प्रदेश ‘ख’ मा गिरी सर्वसम्मत

पाेखरा | भदौ २२, २०७९

कास्की २ मा राप्रपाबाट २२ जनाको नाम सिफारिश, प्रदेश ‘ख’ मा गिरी सर्वसम्मत

 

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी कास्की क्षेत्र नम्बर २ बाट मंसिर ४ गते हुन लागेको आसन्न प्रतिनीधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ७ जनाको नाम सिफारिश भएको छ । त्यस्तै सोही क्षेत्रबाट समानुपातिक उम्मेदवारका लागि १५ जनाको नाम सिफारिश भएको छ ।

 

कास्की क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ प्रतिनीधिसभाका लागि सिफारिश हुनेहरुमा राप्रपाका केन्द्रीय उपाध्यक्ष समेत रहेका हेमजंग गुरुंग, कास्की जिल्ला प्रवक्ता अरुण गिरी र जिल्ला सहसचिव सुवर्णराज पन्त रहेका छन् । केन्द्रीय उपाध्यक्ष गुरुंगको नाम यसअघि क्षेत्र नम्बर १ बाट समेत सिफारिश भएको छ । त्यस्तै प्रत्यक्षतर्फ प्रदेश क मा राप्रपाका प्रदेश अध्यक्ष समेत रहेका पञ्चराम गुरुंग, जिल्ला उपाध्यक्ष ईश्वरी चापागाँई र जिल्ला सविच भानु भण्डारी क्षितिजको नाम सिफारिश भएको छ । प्रदेश ख तर्फ भने कास्की जिल्ला प्रवक्ता अरुण गिरी सर्वसम्मत सिफारिशमा परेका छन् ।

 

त्यस्तै प्रतिनीधिसभा समानुपातिक तर्फ रोमबहादुर भण्डारी, बिष्णुकुमारी गुरुंग, जयलाल पुन, शंकर खराल, हरिप्रसाद बराल र पार्वता पौडेल गरि ६ जनाको नाम सिफारिश भएको छ । प्रदेशतर्फ समानुपातिकमा शिवप्रसाद चालिसे, मदन परियार, चित्रबहादुर भण्डारी, सिता खड्का, मादाप्रसाद जैसी, विष्णु खड्का कार्की, सूर्य पुन, रञ्जना सेन पौडेल र शंकर खरालको नाम सिफारिश भएको राप्रपा कास्की क्षेत्र नम्बर २ का अध्यक्ष कृष्णराज अधिकारीले जानकारी दिएका छन् ।

काठमाडौं:  युवराज सफल भनिने युवराज पौडेललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले आज निजलाई काठमाडौँबाट पक्राउ गरिएको बताउनुभयो ।  महान्या...

थप पढ्नुहोस्

पोखरा:  छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा गण्डकी प्रदेशले नेपाल पुलिस क्लबमाथि सहज जित निकालेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको ...

थप पढ्नुहोस्

पोखरा:  छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ थाइल्याण्ड क्विन्सले त्रिभुवन आर्मी क्लबमाथि सहज जित निकालेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसि...

थप पढ्नुहोस्